Exclusive :–


Thursday, November 17, 2011

महानगरपालिकाले २४ सै घन्टा चलाउने गरी मेट्रो बस ल्याउने

महानगरपालिकाले २४ सै घन्टा चलाउने गरी मेट्रो बस ल्याउने तयारी गरेको छ । एकै पटक धेरै यात्रु ओसार्ने उद्देश्यले सञ्चालन गरिएको मेट्रो बस दुईतले हुने छ ।यसका लागि महानगरपालिकाले इच्छुकलाई इच्छापत्र बुझाउन आह्वान समेत गरिसकेको छ । कात्तिक १ गते गरिएको आह्वानपछि जय जनता नामको कम्पनीले इच्छा देखाएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीलाई उद्यृत गर्दै कान्तिपुर दैनिकले जनाएको छ । ‘धेरै यात्रु एकै पटक बोक्न सकियोस् भनेर दुईतले बस सञ्चालनका लागि हामीले काम सुरु गरेका छौं,’ उनले भने, ‘सुरुमा कम्तीमा १० बस ल्याउन लगाउने योजना छ ।’जय जनताको प्रस्ताव राम्रो लागे... 

रोजगारीको गन्तव्य हङकङको रोजगारी खुलाउनको लागि पहल शुरु

नेपालीहरुको आकर्षक रोजगारीको गन्तव्य हङकङको रोजगारी खुलाउनको लागि पहल शुरु भएको छ । एनआरएनहरुको प्रतिनिधि मण्डलले नेपाल सरकारका विभिन्न निकायमा पुगि हङकङको रोजगारी खुलाउन आग्रह गरेको हो ।नेपालमा द्वन्द्व चलेपछि सन् २००५ वाट नेपालीका लागि हङकङले भिषा वन्द गरेपछि अझै खुल्न सकेको छैन । अन्य मुलुकको तुलनामा हङकङमा नेपालीका लागि आकर्षक र सुरक्षित रोजगारी हुँदा समेत नेपाल सरकारले भिषा खुल्ला गर्न ठोस आग्रह गर्न नसक्दा नेपालीहरु यस रोजगारीवाट वञ्चित हुनु परेको गैर आवासीय नेपाली संघ एशिया प्रशान्त संयोजक यमकुमार गुरुङले वताए ।उनले परराष्ट्र...

Wednesday, August 24, 2011

नेपाली कथानक चलचित्र "सपनाको" समिक्षा

सानोमा आमाले राजकुमारको कथा सुनाउँदै गर्दा त्यसैको कल्पनामा मस्त हुने सपना -नन्दिता के.सी ) उमेरले जवानीको रेखा कोर्दै गर्दा पनि त्यही सपना देख्छिन् । सपनामा हेलिकप्टर चढेर आएको राजकुमार जसले उनलाई धेरै राक्षसवाट वचाउँछ अनि लैजान्छ वादलपारीको देशमा । यस्तै, सपना देख्छे सपनाले हरेक रात । सपनाको राजकुमारसँग हराएकी सपनाको सानो देखिएको साथी राज (आर्यन सिग्देल) जो उनलाई भित्र भित्र मनपराउँछ । तर राजले आफ्नो मनको कुरा सपनालाई भन्न सक्दैन ।राजलाई सानैदेखि पालेको कृष्ण (राजेश हमाल) एक युवतीको प्रेममा परेको हुन्छ, तर ती युवतीलाई पनि भन्न नसक्दा कृष्णको सपना पनि...

Tuesday, August 9, 2011

चलचित्रकर्मीहरु सामाजिक सञ्जाल फेसबुकको माधयमबाट भोट माग्दै

सिजी डिजीटल फिल्म अवार्ड २०६८ मा एसएम एस भोटिङको माध्यमबाट उत्कृष्ट दर्शक छनौट अवार्ड समेत प्रदान गरिने भएको छ । २२ गते सार्वजनिक गरिएको मनोनय सुचीमा नै मनोनितहरुका लागी एसएमएस गर्नै तरिका समेत उल्लेख गरिएको थियो । आम जनताको मत जान्नका एसएमएस भोटिङ सुरु गरिएको आयोजकले जनाए पनि मनोनयनमा परेकाहरु भने भोट माग्नमा ब्यस्त देखिएका छन् ।धेरै जसो चलचित्रकर्मीहरु आफैले भोट हाल्ने गरेको पाइएको छ भने कतिले अभियानका रुपमा नै भोट माग्न थालेका छन् । केही चलचित्रकर्मीहरुले त सामाजिक सञ्जाल फेसबुकको माधयमबाट आफुलाई भोट गरिदिन आग्रह समेत... 

Tuesday, July 19, 2011

दर्शकहरुले घरमै बसेर सम्झिदिए पछि...

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'सम्झिदिए पुग्छ' लाई दर्शकहरूले घरमै बसेर सम्झिदिएका छन् । अर्थात चलचित्रले आशा लाग्दो व्यापार गर्न सकेन । चलचित्रको व्यापार राम्रो नभएपछि पुन: चलचित्र निर्माताहरूमा निराशाको कालो बादल छाएको छ ।चलचित्र सम्झिदिए पुग्छलाई पनि मात खुवाउने गरेर यस बर्ष केहि चलचित्रले पानी पनि नमागेको सत्य हामी सँग छ नै । तर अहिलेको नयाँ आर्थिक बर्षको शुरूवातमा प्रदर्शन भएको चलचित्र 'सम्झिदिए पुग्छ' ले दर्शकलाई हलसम्म तान्न सकेन । यो चलचित्र साउने भेलसँगै बगेर गएको चलचित्रका बितरक सुनिल मानन्धर बताउँछन् । उनका अनुसार ४ दिनको व्यापार...

Tuesday, July 5, 2011

तीनदिने चिनियाँ फिल्म फेस्टिभल

फरक फिल्मको स्वाद चाख्न चाहनेका लागि खुसीको खबर । थाई फिल्म फेस्टिभल सकेको साता दिन नबित्दै राजधानीमा चिनियाँ फिल्महरू देखाइँदै छन् । चिनियाँ दूतावास र वल्र्ड कल्चरल नेटले मंगलबारदेखि तीनदिने चिनियाँ फिल्म फेस्टिभल गर्न लागेको हो ।महोत्सवको उद्घाटन दोस्रो विश्वयुद्ध सेरोफेरोको कथा बोकेको फिल्म 'द फाउन्डिङ अफ अ रिपब्लिक' बाट हुँदै छ । हान सानपिङ र हुआङ जिनसिनले निर्देशन गरेको फिल्ममा स्वाधीन र स्वतन्त्र चीन निर्माणका लागि चिनियाँ कम्युनिस्ट पार्टी र अरू राष्ट्रवादी शक्तिहरूका बीच भएको गठबन्धन र त्यसपछि कोमिन्ताङ पार्टीविरुद्ध गरिएको संघर्षको कथा समेटिएको छ... 

Monday, June 13, 2011

पर्यटन वर्ष २०११ मा एकलाख पर्यटक भित्र्याउने लक्ष्य

पर्यटन वर्ष २०११ मा एकलाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको चीनबाट पहिलो पाँच महिनामा १४ हजार ९ सय ७८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।यो संख्या हवाई मार्गबाट आउने पर्यटकहरुको मात्र हो । यद्यपि अघिल्लो वर्ष सोही अवधिमा नेपाल भित्रेका पर्यटकहरु मध्ये उक्त संख्या ३३ प्रतिशतले बढी हो । हङकङमा आयोजित चारदिने 'इन्टरनेशनल ट्राभल एक्स्पो (आईटिइ)' मा सहभागी   नेपाल पर्यटन बोर्ड द्वारा सो कुराको जानकारी गराइएको हो ।'लक्ष्य भेट्टयाउन पाँच महिनाभित्रको तथ्यांक निकै थोरै हो,' बोर्डका सहायक प्रबन्धक नविन पोखरेलले भने, 'अगष्ट पछिका तीन महिना मुख्य पर्यटकीय सिजन भएकाले  संख्या हृवात्तै बढने...

Saturday, April 23, 2011

अभिनेत्रीहरुको बाहुल्यता नेपाली चलचित्रहरुमा बढ्दैछ

वर्ष २०६८ लाई एक अर्थमा हिरोइनहरुको वर्ष मान्न सकिन्छ । जुन वर्षमा स्वदेशी सिनेमा उद्योगमा अभिनेत्रीहरुको बाहुल्यता हुनेछ । अभिनेत्रीले निर्माण गरेका सिनेमाहरु लगालग यो वर्ष प्रदर्शनमा आउनेछन् । अभिनयबाट निर्माणमा लगानी गरेका हिरोइनका होमप्रोडक्सनका चलचित्रले वर्ष २०६८ लाई डोर्‍याउने कुरामा वितरकहरु आशावादी छन् । विगतका वर्षमा रेखा फिल्म्सको 'ट्रेडमार्क सिन्डिकेट'लाई अन्य हिरोइनले तोड्ने बताइन्छ । हिस्सी हिरोइन ऋचा घिमिरेको होमप्रोडक्सनका तीन सिनेमा चालु वर्ष रिलिज हुनेछन् । प्रतीक्षित 'वीरताको चिनो' वैशाख ३० मा सार्वजनिक हुँदैछ । ऋचाकै अर्को प्रोजेक्ट 'तुलसी' यतिबेला सम्पादनमा छ जुन केही महिनामा रिलिज...